काठमाडौँ, चैत १३ – अब आउने दशैँमा मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने लक्ष्य मेलम्ची खानेपानी आयोजनाको छ । जसअनुरुप आयोजनाले सुरुङ खन्ने काममा तीव्रता दिइरहेको छ ।
विभिन्न आशङ्काबीच पनि काठमाडौँका जनजनले ‘अब मेलम्चीको पानी खाना पाइने’ भयो भन्दै आशा गरिरहेका छन् ।
आयोजना अन्तर्गतको उप आयोजना–१ ले सुरुङ खन्ने र पानी प्रशोधन केन्द्र बनाउने काम गरिरहेको छ । यही पुस १३ मा सुन्दरीजल–सिन्धु सुरुङ खण्ड साढे ९ किमि (ब्रेक थु्र) भएसँगै उनीहरु झनै खुशी छन् ।
आयोजनाले बिहीबारसम्म २६ किमिमध्ये ४ हजार २ सय मिटर सुरुङ खन्न बाँकी रहेको जनाएको छ । सुरुङ खन्ने जिम्मा इटालियन कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)ले पाएको हो ।

0 Comments